Logo
Logo

दुबइ जान लागेका युवक १३ हजार डलरसहित विमानस्थलमा पक्राउ




काठमाडौं । डलर तस्करीको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल एय।लाइन्जसको जहाजबाट दुबइ जान लागेका गोरखाका सिताराम वि.कलाई प्रहरीले पक्राउ गरेको हो ।


उनले पाइन्टको गोजीमा १३ हजार अमेरिकी डलर लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । विदेश जाँदा ५ हजार भन्दा धेरै डलर बोक्न पाइदैन । उनले तस्करी गर्न लागेको आशंकामा प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्