Logo
Logo

माछापुच्छ्रे बैंकको २१औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशतसम्म क्यास ब्याक



काठमाडौं । माछापुच्छ्रे बैंकले २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकले २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार योजना ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २ हजार १०० सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले जनारी दिएको छ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्ने बताइएको छ ।

उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रो वेभ ओभन, सामसुङ माइक्रो वेभ ओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट प्रि–गिफ्ट कुपनहरु, ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहार रहेको बैंकले बताएको छ । यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिने बैंकले जानकारी दिएको छ ।

यसैगरी वर्ल्डलिंक, कल्पमार्ट, ग्यापु र जीवन साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिने व्यवस्था रहेको बैकले जनाएको छ ।

अफर असोज ८ गते देखी १७ गते सम्मका लागु रहने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्