Logo
Logo

ईपिएल : चितवनको रोमाञ्चक जित



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

चितवनलाई जित दिलाउको लागि राजेश पुलामी ४३ रनमा अविजित रहे । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । शाहव आलम पनि १ रनमा अविजित रहे ।

त्यस्तै इशान पाण्डे १०, भिम सार्की ११ बलमा ३०, दीलिप नाथ २१ बलमा २३, करिम जन्नत १८ बलमा १९, कप्तान सोमपाल कामी ९ र कमलसिंह ऐरीले एक रन बनाए ।

बलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा र करण केसीले दुई/दुई विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रियन पठानले समान एक/एक विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

विराटनगरको लागि सिकन्दर राजाको ६७ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले दुई चौका र सात छक्का प्रहार गरे ।

सौरव खनालले अविजित ३० रनको योगदान गरे । त्यस्तै, सोमपालले पहिलो ओभरको अन्तिम बलमा रियान पठानलाई बोल्ड आउट गरे । पठानले ४ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले समान दुई/दुई विकेट लिए । साहव आलमले एक विकेट लिए ।

जितसँगै चितवनले दुई अंक जोडेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्