Logo
Logo

दुर्गा प्रसाईंको नेतृत्वमा बन्यो नयाँ दल


0
Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता गरिएको हो ।

प्रसाईंले लामो समयदेखि नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका थिए । गत फागुनको निर्वाचनअघि उक्त महाअभियानलाई ‘नागरिक बचाउ दल’का रूपमा निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।

त्यसबेला सो दलको अध्यक्ष माधवप्रसाद खतिवडा थिए । अहिले सोही नागरिक बचाउ दलको नाम संशोधन गरेर ‘नेपाल पथ दल’ राखिएको खतिवडाले नेपाल प्रेसलाई बताए । उनका अनुसार नाम संशोधन भई प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ ।

यसअघि दुर्गा प्रसाईंले राप्रपाबाट बाहिरिएका डा. धवलशमशेर राणासँग सहकार्यको तयारी गरेका थिए । उनीहरूले मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरे पनि केही विषयमा सहमति जुट्न नसकेपछि अन्तिममा प्रसाईं बाहिरिएका थिए ।

अहिले जय नेपाल दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ भने दुर्गा प्रसाईंले नयाँ दलको प्रमाणपत्र लिइसकेका छन् । दलको चुनाव चिह्न ‘परिवारसहितको घर’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्