Logo
Logo

प्रहरी र सरकारी वकिलको नाममा घुस उठाउने पक्राउ




काभ्रे । थुनामा रहेका अभियुक्त छुटाइदिने भन्दै प्रहरी र सरकारी वकिलको नाममा पैसा उठाउने व्यक्ति पक्राउ परेका छन् । काभ्रेको पनौती नगरपालिका ५ बस्ने रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार पक्राउ गरेको हो ।


उनले प्रहरी र सरकारी वकिललाई बुझाउनुपर्छ भनेर पीडित पक्षसँग एक लाख २० हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ । गिरीविरुद्ध “मुलुकी अपराध संहिता, २०७४“ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्