Logo
Logo

मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।

मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले माओवादी केन्द्रलगायत सत्तारुढ दलहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

सत्तारुढ सबै दलबाट मन्त्री बन्नेहरुको नाम प्राप्त भएमा आजै नियुक्त गरी सपथ ग्रहण गराउने प्रधानमन्त्री कार्यालयले तयारी गरेको छ । तर, सत्तारुढ दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ रहेको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद विस्तार गर्नेबारेमा प्रधानमन्त्री देउवाले बैठक नै नबोलाएकाले मन्त्रिपरिषद विस्तारकाे निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्