Logo
Logo

याक एण्ड यती होटलमा एकको मृत्यु




काठमाडौं । दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीको कोठामा एक विदेशी नागरिकको शव भेटिएको छ । कतारी नागरिकको होटलभित्र मृत्यु भएको हो ।


बुधबार दिउँसो अबेरसम्म पनि उनी कोठाबाट ननिस्किएपछि ढोका खोल्दा उनी मृत अवस्थामा भेटिएका हुन् । चार दिनदेखि उनी सो होटलमा बस्दै आएका थिए। प्रहरीले विस्तृत विवरण संकलन गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्