Logo
Logo

सम्पत्ति शुद्धीकरणपछि राजश्व अनुसन्धानका महानिर्देशक फेरिए




काठमाडौं । शेरबहादुर देउवा सरकारले आफ्नो प्रत्यक्ष मातहत रहेका दुवै विभागका महानिर्देशकको सरुवा गरेका छन् । मंगलबार उनले राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा गरेका हुन् । उच्च तहको सेटिङमा पौडेल त्यहाँ पुगेका हुन् ।

प्रकाश पौडेल


विभागका महानिर्देशक रामप्रसाद आचार्यको ठाउँमा प्रकाश पौडेललाई पठाइएको छ । उनी यसअघि वाणिज्य, आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागमा कार्यरत थिए । विभागका उपमहानिर्देशक शिवलाल तिवारीलाई पनि त्यहाँबाट हटाइएको छ ।


महानिर्देशक आचार्यको गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा तिवारीको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
गत साता सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको थियो । गजेन्द्र ठाकुरलाई हटाएर प्रेम प्रसाद भट्टराईलाई सो विभागको महानिर्देशक बनाइएको छ । विभागमा उजुरी तामेली राखेर असुल्ने गिरोहले उनलाई त्यहाँ पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्