Logo
Logo

एसईई परीक्षाका लागि आवेदन खुला



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई)को २०७९ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम शुक्रबारदेखि खुला गरेको छ ।

परीक्षा बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको काम अनलाइनबाटै गराउने जानकारी दिएको हो । बोर्डको सूचनाअनुसार २०७८ को एसईई परीक्षामा समावेश हुनका लागि २०७८ सालमा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०७८ असोज १५ देखि २०७८ कात्तिक मसान्तभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ ।

दर्ता शुल्क रु ५०० मा निर्धारण गरिएको छ भने आवेदन फारम नोभेम्बर २ सम्म शिक्षा विकास र समन्वय इकाईको कार्यालय र डिसेम्बर ३० सम्म परीक्षा नियन्त्रक सम्म पुर्याइ सक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्