Logo
Logo

पूर्वमाओवादी नेताहरु आज एउटै मञ्चमा



काठमाडौं । आज एक कार्यक्रममा पूर्वमाओवादीको नेताहरु एउटै मञ्चामा देखिँदैछन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’सम्मका पूर्वमाओवादीका नेताहरु आज एकै मञ्चमा सहभागी हुने भएका हुन् ।

जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहको विमोचनाका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरु एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् । तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव विप्लव एउटै मञ्चमा सहभागी हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्