Logo
Logo

तेस्रो छेडेदह कप : विजेतालाई दुई लाख २२ हजार २२२ पुरस्कार


नन्दा थापा


बाजुरा । खेल पर्वका रुपमा आयोजना हुने छेडेदह कप फुटबल प्रतियोगिता आगार्मी कात्र्तिक १ गतेदेखि हुने भएको छ । दशैँ सकिएको तीन दिनपछि सुरु हुने उक्त कप ६ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

छुडेदह स्पोर्टस क्लबले हरेक वर्षको दशैँको टिकापछि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको हो । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिता विजेताले यो वर्ष २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।

खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजक क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् । ‘हरेक वर्षको दशैँ तिहार बिषेश खेल पर्व, खेल क्षेत्रको विकास र ‘प्रर्वद्धन हाम्रो गर्व’ भन्ने नाराका साथ प्रतियोगिता सञ्चालन हुने लागेको हो । प्रतियोगिताका उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार राशी घोषणा गरिएको छ ।

दशरथ माविका अध्यक्ष अम्म नाथले खेल मैदान तयारीको काम भइरहेको बताए । आटीचौर क्षेत्रकै प्रवद्र्धनमा लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष नाथले सुविधा सम्पन्न खेल मैदान बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताए ।

बाजुराकै सुन्दर नगरीको रुपमा परिचित आटीचौरस्थित दरशथ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुनका लागि असोेज ३१ गते साँझ ५ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ ।

स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन, स्थानीय सुर्खा बजारका व्यापारीसहितको उपस्थितिमा बैठक बसेर प्रतियोगिता सञ्चालनबारे औपचारिक निर्णय यसअघि नै गरिसकिएको खेल संयोजक ओलीले बताए । आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।

यो वर्ष खेलमा वेष्ट प्लेयर, राइजिङ प्लेयर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कारसहित मेडल र प्रमाण दिइने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउनेगरि आयोजना हुन लागेको खेलमा ३० टिमको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । अघिल्लो वर्ष २३ टिमले भाग लिएका थिए ।

खेलकुदले आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

टिममा १ जना व्यवस्थापन १ जना प्रशिक्षक र १८ जना खेलाडीसहित २० जना हुनुपर्ने छ । सहभागिताका लागि फोटोसहित फारम अनिवार्य भरेर टिममा सहभागी खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नुपर्ने र कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गराउने क्बलले बताएको छ ।

टिम दर्ता शुल्क १० हजार र धरौटी शुल्क ३ हजार लाग्ने क्लबले जानकारी गराएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागिता रहने खेलमा ६ सय बढी खेलाडी र हजाराँैको संख्यामा दर्शकले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्