Logo
Logo

हामीले प्यानल बनाउनु आवश्यक छैन : विश्वप्रकाश शर्मा


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्यानलगत चिट बाँडिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

The current image has no alternative text. The file name is: bishow.jpg

सभापतिका उम्मेदवार गगन थापाले आन्तरिक रूपमा प्यानलगत सूची तयार गरी बाँडेको भन्ने हल्ला फैलिएपछि उनको त्यसमा हुनै सत्यता नरहेको बताएका हुन् । 

उनले भनेका छन्, ‘हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु ती सबै फेक हुन् । सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन ।’

वरिष्ठ उपसभातिका उम्मेदवार समेत रहेका शर्माले सभापतिका उम्मेदवार गगन थापाले समेत आफ्नो नामको प्यानल भएको भनेर आएका सूची फेक भएको बताइसकेको बताए ।

उनले भने, ‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्षधर विपक्ष छुट्टाएर दिनुहुन्न  मत परिणाम आउँदा त्यहाँ सबै थरी अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्