Logo
Logo

अध्यक्ष नपाएका विद्यार्थी नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा दावेदारमध्ये ५ जना विद्यार्थी नेतालाई केन्द्रीय सदस्य बनाइएको छ । अध्यक्ष नपाएपछि उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताबीच आइतबार प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पन्चा सिंह बन्ने भएपछि अन्य ५ अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाएको थियो । प्रचण्डको घोषणापछि विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

अध्यक्ष प्रचण्डले भनिसकेको र अब औपचारिक प्रक्रियाबाट उनीहरू पार्टीको केन्द्रीय सदस्यका हैसियतमा क्रियाशील हुनेछन् । त्यस्तै अखिल क्रान्तिकारीको अध्यक्षबाट बिदा भएका रञ्जित तामाङ पनि माओवादी केन्द्रीय सदस्य हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्