Logo
Logo

कस्तो छ आजको मौसम? कहाँ-कहाँ पर्दै छ पानी?


0
Shares

काठमाडौं । देशका केही हिमाली तथा पहाडी भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

त्यस्तै, भोलि (आगामी दिनमा) देशका धेरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

यसैगरी, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

भोलि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान तथा पराल बेलैमा थन्क्याउन मौसमविद्हरूले सुझाव दिएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000