Logo
Logo

एमालेको आधिकारिक लोगो परिवर्तन



काठमाडौं । नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ । गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।

उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् । अब एमालेको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहने भएको छ । महाधिवेशनका प्रतिनिधिले सो लोगो पारित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्