Logo
Logo

‘मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन’



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् ।

सोमबार बिहान सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग मन्त्रायल बाँडफाँट ​कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै हात नभएको बताएका हुन् ।

केही सञ्चारमाध्यमहरुमा ‘मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग’ भन्ने समाचार प्रकाशित भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो ।

उक्त टोलीसँग प्रधानन्यायाधी जबराले भने– ‘मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो, त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन, बाहिर आएको समाचारका विषयमा म गम्भीर छु, यसबारे छिटै अदालतबाट खण्डन हुन्छ ।’

यससम्बन्धी समाचार शनिबार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्