Logo
Logo

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झडप



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ । केन्द्रीय नेतृत्व चयन भइ घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीहरुबीच कुर्सी हानाहान भएको हो ।

सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए । नाराबाजीकैबीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरूबीच झडप भएको हो ।

पार्टीका नेतृत्वले हस्तक्षेप गरी अध्यक्षसहितका पदाधिकारी तोक्ने भए केन्द्रीय समिति नै पार्टी नेतृत्वले तोक्नुपर्ने पनि असन्तुष्ट समूहका विद्यार्थीहरुको भानाइ छ । उनीहरुले चुनावमा जानुपर्ने माग समेत गरेका छन् ।

आज दीपेश पुनले महासचिवमा चयन भएको बताएका छन् । यता सचिव नरेश रेग्मीले भने आज कुनै पनि कसैलाई पनि जिम्मेवारी नतोकिएको बताएका छन् ।

सम्मेलनले संगठनको केन्द्रीय अध्यक्ष र सदस्य मात्रै घोषणा गरिसकेको छ । अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्