Logo
Logo

निधिको निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति



काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए । लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ ।

पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् ।

दोस्रो तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन् । तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए ।

निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्