Logo
Logo

मादी हत्याकाण्डका ४ अभियुक्त जेल चलान



काठमाडौं । संखुवासभाको मादीमा ६ जनाको हत्या भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन् ।

संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ ।

मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसमेत गरी एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले फैसला सुनाएको हो ।

गत भदौ २१ गते हत्यामा संलग्न रहेका अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ । त्यस्तै एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाइएको छ ।

यही असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेस गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो । बहसपछि अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्