Logo
Logo

कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न



धनकुटा । संखुवासभा, तेह्रथुम, भोजपुरलगायत जिल्लाको विद्युत प्रवाह गर्न निर्माण गरिएको २२० केभी कोसी कोरिडोर पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

आज (बुधबार) हिलेमा एक कार्यक्रम गरी उक्त विद्युत प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४ अर्ब ५ करोडमा परियोजनाको पहिलो प्याकेजको निमार्णको जिम्मा पाएको थियो ।

२.१०६ किमि लामो उत्त कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण १० अर्ब ४० करोड रुपैयाँमा निमार्ण भइरहेको छ । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस परियोजनाले दुई हजार मेगावाट विजुलीको सहज वितरणलाई गर्ने जनाइएको छ ।

उक्त प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएक सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ५५० मिलियन अमेरिकी अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

एक्जिम बैकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नियोगका उपप्रमुख खम्पाले उर्जाका कार्यमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध गरे । उनले नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए ।

उनले कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिंदै आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत ग्राहककोसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्