Logo
Logo

आज नवरात्रको पहिलो दिन घटस्थापना, विधिपूर्वक जमरा राखिदैं



काठमाडौं । हिन्दु धर्मावलम्वीको महान चार्ड दशैं अन्तरगत नवरात्रको पहिलो दिन आज जमरा छर्ने अर्थात घटस्थापनाको दिन हो ।

दशमीको दिन लगाइने जमरा छर्ने दिन हो । आजकै दिन जौ, मकै, धान मिसाएर बालुवा र माटोमा जमरा राखिन्छ् ।

साल अर्थात भोर्लाको टपरी बुनेर त्यो नभए डालोमा राखिने जमरालाई ढकनीले हावा नपस्ने गरी छोपीएको हुन्छ । यसरी विधिपूर्वक राखिएको जमरालाई नवरात्री भरि हरेक दिन पूजाअर्चना गरिन्छ । यो जमरा दशमी अर्थात टिकाको दिन लगाइन्छ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसार फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा राखिन्छ भने प्रायजसोले घरमै राख्ने गरेको पाइन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन् । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो ।

घटस्थापनाले माटो, पानी, हावा, फूल, आँकुरासँग जुटेको यो संस्कारले वनस्पतीसँग हामी अत्यन्तै नजिक छौं भन्ने स्पष्ट पार्ने विश्वास रहिआएको छ ।

१६ औं शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैं घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक छर्ने चलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्