Logo
Logo

पाकिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु



काठमाडौं । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५।७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको समाचार संस्था एएफपीसँग कुरा गर्दै प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले जानकारी दिएका छन् । भूकम्पले केही घर भत्किँदा उनीहरूको मृत्यु भएको हो । भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन् ।

भूकम्पबाट सबैभन्दा धेरै हारनाई सहर प्रभावित भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु पनि त्यहीँ थियो । केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो । पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्