Logo
Logo

बेदुराम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रिय कार्यालय


15.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले पाँच सदस्यीय केन्द्रिय कार्यालय गठन गरेकाे छ । उक्त कार्यालयको नेतृत्व महासचिव बेदुराम भुसालले गर्नेछन् ।

आज बसेको स्थायी कमिटी बैठकले विभिन्न विषयहरुको टुंगो लगाउँदै केन्द्रिय कार्यालय र केन्द्रिय सचिवालयसम्बन्धी निर्णय गरेको हो । भुसाल नेतृत्वको कार्यालयको सदस्यहरुमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र विजय गुरुङ रहेको छन् । भुसालकै नेतृत्वमा ११ जना सदस्य रहेकाे केन्द्रिय सचिवालय पनि गठन गरिएकाे छ । बैठकले ३०१ जना केन्द्रीय सदस्यको नाम टुंग्याएको छ ।

केन्द्रीय आयोगमा ३५ सदसय हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने बैठकले निर्णय गरेको छ।

केन्द्रिय सचिवालयलाई स्थायी समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने अधिकार रहने प्रचार प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्या पनि टुंगो लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्