Logo
Logo

छोरीप्रति उदार बन्दै मधेस



काठमाडौं । कुनै समयमा सानै उमेरमा माइतीबाट बिदा भई ससुरालको ‘चौकठ’ भित्र ‘घुघ’ (घुम्टो) ओढेरकैद हुने मधेसका ‘बेटी’ (छोरी) हरू अहिले गाउँका विद्यालयदेखि समुद्र पारिका देशसम्म पढ्न जान पाएका छन् । छोरीहरूको शिक्षाका लागि परिवारले लगानी रअवसरप्रदान गर्न थालेपछि समाजमा यस्तो परिवर्तन सम्भव भएको जानकार बताउँछन् ।

यही असोज ५ गते छोरीहरूलाई तेस्रो मुलुकमा पढ्न पठाउन पाँचजना अभिभावक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले विमानस्थलमा छोरीहरूसहित खिचेको तस्बिरलाई सामूहिक रूपमा सामाजिक सञ्जालमा राखेका थिए । उक्त तस्बिरले मधेसमा छोरीप्रतिको धारणा र व्यवहारमा आएको व्यापक परिवतर्नको प्रतिनिधित्व गरेको विश्लेषक चन्द्र किशोर बताउँछन्।‘ यो सामाजिक परिवर्तन हो ।

पहिला मधेसमा छोरीलाई छिमेकीको घरमा प्रसाद पुर्‍याउन पठाउँदा समेत भाइलाई साथै पठाइन्थ्यो । अहिले यही समाजबाट छोरीहरूलाई भारत वा तेस्रो मुलुक पढ्न पठाउन थालिएको छ,’ किशोरले भने, ‘यसले छोरीलाई पढाउन हुन्न भन्ने सोचमा परिवर्तन आएको देखाउँछ । परिवार र समाजले हेर्ने दृष्टिकोण फेरिएसँगै छोरीहरूमा पनि आत्मविश्वास बढेको छ । आर्थिक रूपमा पनि छोरीहरूका लागि खुलेरलगानी गर्न थालिएको छ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्