Logo
Logo

ललितपुरमा एउटा अनौठो हत्या




काठमाडौं । सामान्यतया हत्या रिसइबीका कारण हुन्छन् । कतिपय अपराधिक उदेश्यले हुने गरेका छन् ।
ललितपुरमा भने हालै एउटा फरक किमिसको हत्या भएको छ । हत्यामा प्रयोग हुने डोरी करोडौं रुपैयाँमा बिक्रि हुने अन्धविश्वासमा एक महिलाको हत्या भएको हो । नुवाकोट बेलकोटगडी नगरपालिका ९ घर भइ ललितपुर सुनाकोठी बस्ने कमला तामाङको गत २५ भदौमा हत्या भएको हो । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।


मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भई हाल ललितपुर हरीसिद्धि बस्ने मगर, मकवानपुर,रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, नयाँबस्ती बस्ने वर्ष २३ को सबिन प्रजा र उनकी श्रीमती वर्ष १८ की प्रविना प्रजा माझीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले हत्या गरेको महाशाखाले जनाएको छ । सुमन मगर चिनजान भएकी महिलाको उनीहरुले हत्या योजना बनाएका थिए । तामाङ एक्लै टहरामा बस्दथिन् । गत २४ भदौमा मगर उनकै टहरामा गइ मदिरा सेवन गरेर सुतेकोमा राती उनले डोरीले घाँटी कसेर हत्या गरेका थिए । हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटी फरार रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्