Logo
Logo

क्यानडा पठाउने भन्दै काठमाडौं बोलाएर पाकिस्तानी नागरिकको अपहरण




काठमाडौं । पाकिस्तानी नागरिक फिजान अहमदलाई क्यानाडा पठाउने भन्दै एक गिरोहले नेपाल ल्याएर अपहरण गरी बन्धक बनाएको छ । अपहरणमा संलग्न दुई पाकिस्तानीलाई प्रहरीले मंगलबार पक्राउ गरकोे छ ।


जिसान मुहम्मद र ताज रिजवानलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । गत सोमबार बेलुकी ललितपुर धापाखेलस्थित सिभिल होमको ४१७ नम्बर घरबाट पीडितल अहमदले झ्यालबाट भागेर गुहार मागेपछि प्रहरी पुग्दा आफू अपहरणमा परेको जानकारी गराएपछि तत्काल महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


पीडित सोही दिन एयर अरेवियाको फ्लाईटबाट काठमाडौं हुँदै क्यानडा जान भनी एयरपोर्टमा आएकोमा एयरपोर्टमै लिन गएका उनीहरूले धापाखेल लगी सिभिल होममा राखी डोरीले बाधी उनी क्यानडा पुगिसकेको भनि घरबाट २५ हजार अमेरिकी डलर मागेपछि पीडितले मौका छोपी झ्यालबाट भागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट डोरी, ब्लेड, रड लगायत सामग्रीहरु बरामद गरेको छ ।
उनीहरूउपर अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट १५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्