Logo
Logo

सुरक्षाको भरपर्दो व्यवस्था मिलाएर चाडपर्व मनाउन सशस्त्र महानिरीक्षकको निर्देशन




काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् । उनले सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक चाडपर्व मनाउने वातावरण बनाउन निर्देशन दिएका छन् ।

आइतबार देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय मिसनहरुमा रहि शान्ती स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरे । उनले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्दै जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षकालागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरि निस्वार्थभावले सेवा प्रदान गर्दै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा परेकाको उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्