Logo
Logo

सिटिजन्स बैंक र लस्कर फुड्स एन्ड डेलिभरीबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पक्नाजोलमा रहेको लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवामा विशेष छुट पाउने सम्झौता भएको हो ।

डिजिटल पेमेन्टलाई सहयोग पु¥याउने उद्देश्यले गरिएको यस सम्झौताले उपभोक्ता र सरकार दुवैलाई सहयोग पुग्ने अपेक्षा लिएको बैंकको भनाइ छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बंैकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

मोबाइल बंैकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशभरमा एक सय ८३ शाखा, एक सय २१ एटिएम र एक सय ११ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्