Logo
Logo

कतारमा हुने विश्वकपमा जर्मनी छनोट



काठमाडौं । युरोपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको हो ।

युरोपियन क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४—० पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो ।

जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक/एक गोल गरे । समूह जे मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्