Logo
Logo

काठमाडौंबाट दोलखा जाँदै गरोको बस दुर्घटना, २० जना घाइते



काठमाडौं । काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ ।

काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस मंगलबार लामोसाँघु जिरी सडकखण्ड दर्घटना भएको हो । उक्त बस रिजर्भमा दोलखा गएको थियो ।

दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्