Logo
Logo

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो



मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ८ जनाको मृत्यु भएको अन्नपूर्ण संवाददाता जीवन सेजुवालले जानकारी दिएका छन्। घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्