Logo
Logo

यातायात दुर्घटनाका मृतकको परिवारलाई सरकारले राहत दिने



काठमाडौ. । मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सन्जालमा लेखेका छन्– ‘दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’

प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्