Logo
Logo

साफ च्याम्पियनसिप पछि अलमुताइरी प्रशिक्षक नरहने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने घोषण गरेका छन् ।

बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताए ।

अल्मुताइरीले साफको इतिहासमा नेपाललाई फाइनल पुर्राएर इतिहास रचेको र फाइनल खेल आफ्नो अन्तिम खेल भएको बताए ।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई १(१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्