Logo
Logo

माटुर र रोजीलाई स्टाईल आइकन’ उपाधि



‘काठमाडौं । उदयमान मोडलहरुको प्रतियोगिता ‘स्टाईल आईकन नेपाल–२०२१’को उपाधि माटुर रेहमानले जितेका छन् । यस्तै युवतीतर्फ रोजी लामिछानेले जितेकी छन् । उनीहरुले उपाधिसहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेका छन् । मस्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले जितेकी छन् ।

सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती सहभागी थिए । प्रतियोगितामा फस्ट रनरअपको उपाधि युवा मोडल तर्फ सुजन थापा र युवती मोडलतर्फ सृजा खरेलले जितेका छन् ।

यस्तै, सेकेन्ड रनरअपको उपाधि युवा मोडलतर्फ सन्तोष आचार्य र युवतीतर्फ निर्मला धितालले हासिल गरे । यस्तै, यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवातर्फ आदर्श मगराती र युवतीतर्फ नेहा यादबले प्राप्त गरे ।

स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । सो प्रतियोगिताको फाईनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्