Logo
Logo

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ ।

गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि जितेको हो ।

यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भएको छ । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य लिएको उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सकेको हो ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्