Logo
Logo

टी-२० विश्वकप आजदेखि सुरु हुँदै



काठमाडौं । सातौँ आईसीसी टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ । आगामी १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपका आज समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् ।

क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुने भएको छ । दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् । जसका लागि क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ ।

ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो । उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो ।
उता, पपुवा न्यू गिनीको टोली भने सेप्टेम्बरमा नै ओमान पुगेको थियो । यसैगरी स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा प्रवेश गर्ने टोलीका दाबेदार छन् । सो कारण दुई टोलीको भिडन्त रोचक हुने अनुमान दर्शकले गरेका छन् ।

बंगलादेश पछिल्लो समय टी–२० खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले घरेलु मैदानमा खेलिएका टी–२० शृङ्खलामा अस्ट्रेलिया र न्युजिल्याण्डलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्