Logo
Logo

कंगो पुग्यो नेपाली शान्ति सैनिकको टोली



काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत नेपाली सेनाको एक टोली प्रजातान्त्रिक गणतन्त्र कंगो पुगेको छ ।

कंगोमा रहेको नेपाली सेनाको ‘क्विक रियाक्सन फोर्स कम्पनी’मा सहभागी हुन सो टोली कंगो पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा बिहीबार राति काठमाडौंबाट उडेको ३५ जना नेपाली सैनिकको टोली कंगो पुगेको सेनाले जनाएको छ ।
सो टोलीले कंगोमा रहेको नेपाली सेनाको पहिलो डप्फाको टोलीलाई प्रतिस्थापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्