Logo
Logo

कोसी ब्यारेजका ५६ वटामध्ये ४२ ढोका खोलियो



विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो ।

फाइल फोटो

बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सूचित गरेको छ । बुधबार प्रदेश नम्बर–१ का पहाडी र तराई क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्