Logo
Logo

बागमतीमा सरकार लम्बाउने एमालेको प्रयास



हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशमा सरकार लम्बाउने प्रयासस्वरुप प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्र पठाएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभाको बैठक सार्न पत्र पठाएको हो ।

नेकपा एमालेले बैठक सार्न आग्रह गर्दै बुधबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र पठाएको छ । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने जनाउँदै आगामी कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुखसमक्ष आग्रह गरेको हो ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ अधिवेशन हुँदैछ । गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा छलफल र मत विभाजन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्