काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशनमा जुटिसकेको बताएका बताएका छन् । उनले महाधिवेशनले कार्यकर्तामात्र नभएर जनतालाई समेत परिचालन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले बुधबार काठमाडौंमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर अध्यक्ष प्रचण्डले बोलेको स्मरण गर्दै भने, त्यसपछि अहिले प्रचण्ड फेरि देशकै ठूलो पार्टी बनाउँदै हिँडेका छन् ।’

ओलीले ओलीले वर्तमान सरकार निमित्त नायवी सरकार भएको समेत टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले भने, ‘यो सरकार आलोचना गर्न पनि लायक रहेन । टिप्पणी गर्न पनि लायक रहेन । जसको नायवी छ, पर्दा पछाडि छ, अगाडि छ, अर्काले चलाएको नायवी छ ।’ उनले प्रश्न गर्दै भने, वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ ?’
ओलीले आगामी चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताए । तर, कांग्रेससँग जनतालाई भन्ने एजेण्डा नै नरहेको बताउँदै भने, ‘बाँकी दलहरुले चुनावमा च्याँखे थाप्न तयार भएका छन् ।’
उनले माधव नेपाल नेतृत्वको पार्टी वामपन्थी हुन नसक्ने समेत बताए । उनले भने, ‘आफ्नै पार्टी एमालेको सरकार ढाल्ने के वामपन्थी बन्न सक्छ ? त्यसैले तिनीहरु वामपन्थी होइनन् ।’














