Logo
Logo

एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दै


945
Shares

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि (बिहिबार) बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा विधान महाधिवेशनको समिक्षा, कातिक ६ गते हुने देशैभरीको वडा अधिवेशन, कातिक ९ गते हुने पालिका अधिवेशन, पार्टीको १० औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयीक विषयहरुका बारेमा छलफल हुने तामाङले बताए ।

तर १० बुँदे सहमति कार्यान्वय नभएर विवाद भइरहेको बारेमा के गर्ने भन्ने बारेमा बैठकको एजेण्डा बनाइएको छैन् । तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्दा पार्टीभित्र तिब्र विवाद चर्किँदै गएको छ ।

यस्तै हालै सम्पन्न विधान महाधिवेशनमा ७० वर्षे उमेर हदम्यादको बारेमा गरिएको व्याख्याको बारेमा समेत विवाद कायम नै रहेको छ । तेस्रो धारका नेताहरुले सो व्याख्याप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्