Logo
Logo

पहिरोमा परी मिक्लाजुङमा एकै परिवारका ६ जनाको मृत्यु


अतित योङहाङ


इलाम । पाँचथरको मिक्लाजुङस्थित चिसोपानी पञ्चमी बजारमा पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ र इलामको माङसेबुङ गाउँपालिकाको सिमानामा रहेको चिसोपानी पन्चमी बजार छेउमा बसोबास गर्दै आएका चोङवाङ परिवारका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा चोङवाङ श्रीमान–श्रीमती, दुई छोरा, एक छोरी र एक नातीनी रहेका छन् ।

तस्वीर : मनिभक्त राई

मृतकमध्ये एक छोरा प्रताप चोङबाङको मात्र नाम खुलेको छ । सोही घरका कामदार एक पुरुषको समेत मृत्यु भएको छ । पहिरोमा परेका परेका चोङबाङ परिवारका दुई बुहारीलाई भने प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

सोही घरमा बस्दै आएका माङसेबुङ–५ स्थित माङसेबुङ आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु लावतीको पनि पहिरोमा परी मृत्यु भएको छ ।

सोही घटनामा मिक्लाजुङ–४ रवी बजारका दुई दाजुभाइको पनि मृत्यु भएको छ । त्यसैगरी मिक्लाजुङ–५ का दुई जनाको समेत सोही पहिरोमा परी मृत्यु भएको छ ।

मृतक सबैको उद्धार गरिए पनि उनीहरुको पूर्ण सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्