काठमाडौं । नेपालमा हालसम्म कुल जनसंख्याको २८।२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन् ।
१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२।६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन् । १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ ।
त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९।८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ । सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।














