Logo
Logo

धनगढीमा पुगेर देउवाले भने- ‘एमसिसी पास हुन्छ’


882
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज (शुक्रबार) बिहान भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताए । ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ एमसिसीबारे झुठा प्रचार भइरहेको पनि देउवाले बताए ।

देउवाले एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि बताए । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने देउवाले बताए ।

‘यो नेपालकै कानुनअनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ देउवाले भने ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए । महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्