Logo
Logo

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति बिजेताहरुको नाम घोषणा



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजनाअन्तर्गत ५ जनाले जनही रु एक लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीनकुमार श्रेष्ठ र जानुका चौलागाईँ र दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १० हजार उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु एक÷एक लाख गरी २ महिनासम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।

कम्पनीका अनुसार ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्