Logo
Logo

‘प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा जोगाउन निकास दिनुपर्छ’


882
Shares

काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ । शुक्रबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने बताउँदै फोरमले भनेको छ, ‘तर, प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्छ ।’

‘‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्