Logo
Logo

‘प्रदेश-१ र बागमतीमा सत्ता लम्ब्याउन एमालेले सभामुखसँग मिलेमतो गरेको छ’


3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अल्पमतमा परिसकेको प्रदेश–१ र बागमती सरकारको आयु लम्ब्याउन एमालेले सभामुखसँग मिलेमतो गरेको आरोप लगाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले दुबै प्रदेशका सरकार अल्पमतमा परिसके भएपनि निकृष्ट सत्तालिप्सा प्रदर्शन गर्दै विश्वासको मत लिने प्रक्रिया टार्न सभामुखसँग मिलेमतो गरेको बताए ।

प्रदेश–१ र बागमती प्रदेशमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । प्रदेश १ मा भीम आचार्य र वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन् । दुबैजना अल्पमत परेको भए पनि सत्ता लम्ब्याउन सभामुखसँग मिलेर प्रदेशसभाको बैठक सार्ने काम भइरहेको छ ।

‘एमालेले यस्तो अनैतिक तथा घृणित कार्यशैली नत्यागे पनि प्रचलित कानुन, संसदीय परम्परा र मान्यताअनुसार ऊ केही दिनमै ती प्रदेश सरकारबाट सत्ताच्युत हुने निश्चित छ’ खतिवडाले भने ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनले गरेको खतिवडाले जनाएका छन् । दुबै प्रदेशमा पाँच दलीय गठबन्धनको बहुमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्