Logo
Logo

सामुदायिक वनमा बम विस्फोट हुँदा दुई घाइते, एकको अवस्था गम्भीर



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सामुदायिक वनमा बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार छन् ।

शनिबार बिहान पौने ११ बजे वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डिएसपी घर्तीका अनुसार बेवारिसे अवस्थामा राखिएको बम विस्फोट भएको हो । बम कहिले र कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्