Logo
Logo

फुटबल फेलोसिप क्लबलाई ७–१ ले हराउँदै आर्मीको सुखद सुरुवात



काठमाडौँ । मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले विजयी सुरुआत गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।

दोस्रो खेलमा भनिमण्डल स्पोर्टिङ क्लबले न्युरोड टिम (एनआरटी) लाई २–० ले हराएर सुखद सुरुआत गरेको छ । तेस्रो खेलमा फ्रेन्ड्स क्लब भेट्रान्स र एसएनकेसीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।

प्रतिक्रिया दिनुहोस्