Logo
Logo

निजी लगानीमा आधुनिक कृषि थोक बजार



बुटवल । नेपाल च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले रूपन्देहीमा कृषि बजारको राम्रो सम्भावना भएको बताएका छन् ।

लुम्बिनी कृषि उपज थोक बजार प्रा.लि. तिलोत्तमा रूपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले यस क्षेत्रमा ठुलो लगानीमा बृहत् रूपममा आधुनिक बजार संचालनमा आउन लागेको खुशि व्यक्त गरे ।

यस्ता बजारलाई सरोकारवाला निकायले सहयोग पुर्याउन सके उत्पादन, बजार र रोजगारमा महत्त्वपूर्ण भुमिका रहने उनको भनाई छ । संस्थाका अध्ययक्ष भीमकान्त पन्थीले करिव २० करोडको लगानीमा रूपन्देहीको मणिग्राममा निर्माण सुरू भएको यो कृषि थोक बजारलाई यो क्षेत्रको महत्त्वपूर्ण बजार वनाउने, कृषिको उत्पादन र बजारीकरणमा जोडदिदै नेपालकै नमुना बनाउने लक्ष्य राखेको जानकारी दिए ।

३ विगाह क्षेत्रफलमा १ सय ७५ वटा सुविधासम्पन्न सटरसहितको निर्माण सुरू भएको यो बजारलाई डिजिटल हाईटेक मार्केट र रात्री बजारको रूपमा बिकास गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा वुटवल उपमहानगरपालिकाका बरिस्ठ अधिकृत बिष्णु खनाल, बुटवल तरकारि तथा फलफुल थोक बजारका अध्यक्ष गोपाल भुषाल, फलफुल तरकारी ब्यवसायी संघका अध्यक्ष रामु भुषाल, पत्रकार दामोदर खनाल सस्थाका संचालक केशव कुवँर, कृष्ण पोखरेल लगायतले बोल्दै संस्थाको सफलताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्